कनकाई । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डेशनका विद्यार्थीहरू यस वर्षको एसईई परीक्षामा सतप्रतिशत उतीर्ण भएका छन्।
परीक्षामा सहभागी भएका १५ जना विद्यार्थीमध्ये ४ जनाले ए प्लस, ६ जनाले ए ग्रेड प्राप्त गरेका छन् भने ५ जनाले बी प्लस ग्रेड ल्याएका छन्।

२०६६ सालमा स्थापना भएको फक्तालुङले विगतका वर्षहरूमा पनि लगातार रूपमा शतप्रतिशत सफलता हासिल गर्दै आएको छ। संस्थापक प्रिन्सिपल तथा एन प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष ओम विक्रम नेम्वाङका अनुसार विद्यालयले कनकाई क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

फक्तालुङले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै जीवन दर्शनसम्बन्धी शिक्षासमेत प्रदान गर्दै आएको छ। विविध अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, र विद्यार्थी–अभिभावकबीच नियमित अन्तरसंवाद कार्यक्रममार्फत विद्यालयले विशेष पहिचान कायम गर्न सफल भएको नेम्वाङको भनाई छ ।

