बिर्तामोड । शैक्षिक परामर्शदाता संस्था मिशन युएसएका दुईवटा शाखा कार्यालय एकैदिन झापाको बिर्तामोडमा उद्घाटन भएका छन्।

राष्ट्रिय धान दिवसको अवसर पारेर बिर्तामोडस्थित हनुमान कम्प्लेक्स र मेघा कम्प्लेक्समा एकसाथ शाखा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा अभिनेता सुशिल श्रेष्ठ र मिशन युएसएका कार्यकारी निर्देशक सञ्जय घिमिरेले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे।

कार्यक्रममा बिर्तामोड क्षेत्रका उद्योगी, व्यवसायी, शिक्षासेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई उचित काउन्सिलिङ गर्दै आएको मिशन युएसएको हनुमान कम्प्लेक्सस्थित शाखाका प्रमुख उज्ज्वल गौतम र मेघा कम्प्लेक्सस्थित शाखा प्रमुख सुनिता सिटौला रहेका छन्। कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन ।



हाल झापाबाट पनि करिब २५ जना विद्यार्थी अमेरिका जाने प्रक्रियामा छन्। विद्यार्थीहरूको चासो र सोधपुछ बढेसँगै बिर्तामोडमा एकैपटक दुई शाखा विस्तार गरिएको घिमिरेले आमसञ्चारसँग बताए।
मिशन युएसएले हाल अमेरिकाका २७ प्रतिष्ठित विश्वविद्यालयहरूसँग समन्वय गरेको जानकारी दिंदै बिर्तामोड शाखाका डाइरेक्टर कमल सिग्देलले संस्था सधैं “वास्तविक र इमान्दार काउन्सिलिङ“ मा प्रतिबद्ध रहेको उल्लेख गरे।

