♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भाग्यबलः १००%
प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ। बुद्धिकौशलको प्रयोग गरेर सफलता पाइनेछ। जुनियर साथीको सहयोग प्रभावकारी हुनेछ।
शुभअङ्कः ५ । शुभ रङः सेतो । शुभ दिशाः पूर्व
मन्त्रः ॐ ऐं सरस्वत्यै नमः (११ पटक)

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भाग्यबलः ४५%
मानसिक अस्थिरता देखिए पनि सम्पत्ति र सामग्रीमा लाभ हुनेछ। शरीरले साथ नदिए पनि घरपरिवारको सहयोग जुट्नेछ।
शुभअङ्कः ४ । शुभ रङः घिउ रङ । शुभ दिशाः उत्तर
मन्त्रः ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः (११ पटक)

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यबलः १००%
सहपाठी र सहकर्मीको साथले जटिल कामहरू सहज हुनेछन्। योजना कार्यान्वयन गर्न उत्तम समय छ। सामाजिकता बढ्नेछ।
शुभअङ्कः ३ । शुभ रङः गुलाबी÷सिन्दुरे । शुभ दिशाः पश्चिम
मन्त्रः ॐ भालचन्द्राय नमः (२१ पटक)

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यबलः १००%
रचनात्मक काम र घुमफिरको अवसर मिल्नेछ। मार्केटिङ र कम्युनिकेसनको काममा विशेष फाइदा हुनेछ।
शुभअङ्कः २ । शुभ रङः घिउ रङ । शुभ दिशाः दक्षिण
मन्त्रः ॐ सों सोमाय नमः (११ पटक)


♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यबलः १००%
जीवनसाथी र परिवारबाट सहयोग मिल्नेछ। सानो प्रयासमा पनि ठूलो सफलता प्राप्त हुनेछ। रिसरागबाट बच्नु होला।
शुभअङ्कः १ । शुभ रङः कलेजी । शुभ दिशाः पूर्व
मन्त्रः ॐ घृणि सूर्याय नमः (७ पटक)
♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यबलः १०%
मन अस्थिर हुनसक्छ, तर वैदेशिक पक्षबाट फाइदा हुनेछ। सिनियरसँगको बहस टार्नु राम्रो हुन्छ।
शुभअङ्कः ३ । शुभ रङः सेतो । शुभ दिशाः उत्तर
मन्त्रः ॐ नमःपशुपतये (२१ पटक)
♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यबलः १००%
सरकारी काम सफल बन्नेछ। इज्जतको ख्याल राख्दै अघि बढ्दा विशेष सफलता पाइन सकिन्छ।
शुभअङ्कः २ । शुभ रङः सेतो÷घिउ रङ । शुभ दिशाः पश्चिम
मन्त्रः ॐ चं चन्द्रमसे नमः (११ पटक)
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यबलः १००%
उच्चपदस्थसँगको सम्बन्ध प्रगाढ बन्नेछ। रणनीति कार्यान्वयन गर्न सकिने शुभ समय हो। सम्मान पनि प्राप्त हुनसक्छ।
शुभअङ्कः १ । शुभ रङः सेतो÷घिउरङ । शुभ दिशाः दक्षिण
मन्त्रः ॐ शशिशेखराय नमः (२१ पटक)
♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भाग्यबलः १००%
जिम्मेवारीको अवसर आउनेछ। प्रेम जीवनमा उपहारको आदानप्रदानले सम्बन्ध प्रगाढ बनाउनेछ। परोपकारको भावना बलियो हुनेछ।
शुभअङ्कः ९ । शुभ रङः कलेजी । शुभ दिशाः पूर्व
मन्त्रः ॐ आदित्याय नमः (७ पटक)
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाग्यबलः २५%
सफलताको चाबी अनुशासनमा लुकेको छ। यात्रा र लगानी फाइदाजनक हुनेछन्, तर चञ्चलता नियन्त्रणमा राख्नुपर्छ।
शुभअङ्कः ८ । शुभ रङः सेतो÷पहेंलो । शुभ दिशाः उत्तर
मन्त्रः ॐ मृत्युञ्जयाय नमः (२१ पटक)

