

काठमाण्डौ – मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युड भूकम्प गएको हो ।

हिजो मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय स–सना म्याग्निच्युडका भूकम्प गइरहको छ ।

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।


Views: 185

