Aamsanchar

बायर्न म्युनिख क्लब विश्वकपको क्वाटरफाइनलमा

Author Image
सोमवार, असार १६, २०८२

काठमाण्डौ – जर्मन च्याम्पियन बायर्न म्युनिख क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा बायर्नले ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४–२ ले हरायो ।

गएको हप्ता बेन्फिकासँगको हारपछि बायर्नले प्रभावशाली पुनरागमन गर्दै खेलको शुरुआतमै दुई गोलको अग्रता बनायो । त्यसपछि फ्लामेन्गोमाथि दबदबा जमाउँदै जीत सुरक्षित गर्‍यो ।

अब बायर्नले शनिवार एटलान्टामा हुने क्वाटरफाइनलमा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट–जर्मेन ९पीएसजी० सँग खेल्ने छ ।

पीएसजीले यसअघि लिओनल मेस्सीको इन्टर मियामीलाई ४–० ले हराएर अघिल्लो चरणमा स्थान बनाइसकेको छ । यी दुई टोली सन् २०२० को च्याम्पियन्स लिग फाइनलमा खेलेका थिए ।

 

 

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर