Aamsanchar

१३२ बोरा चिनीसहित एउटा ट्याक्टर नियन्त्रणमा

Author Image
सोमवार, असार १६, २०८२

काठमाडौं – सशस्त्र प्रहरीले १३२ बोरा चिनीसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सुनसरीको दुहबी नगरपालिका–७, भलुवास्थित सीमा इलाकाबाट करिब चार लाख २० हजार रुपैयाँबराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

आइतबार (असार १५)भारतबाट को२त ५२७९ नम्बरको ट्याक्टरमा राखी अवैध रूपमा उक्त चिनी नेपालतर्फ ल्याइँदै थियो । ट्याक्टरका चालक भने फरार रहेका सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बरामद चिनी तथा ट्याक्टर भन्सार कार्यालय कोसी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर