

काठमाडौं – महिलाको अश्लील फोटो तथा भिडियो बनाएर बिक्रीवितरण गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का २९ वर्षीय रमेश थापा छन् । उनी पछिल्लो समय काठमाडौंको टोखा बस्दै आएका थिए ।

प्रहरीका अनुसार, उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषसँग रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउँथे । त्यसक्रममा उनले महिलाको अश्लील सामग्री बनाएर बिक्रीवितरण गर्थे ।



Views: 201

