Aamsanchar

नार्केमा पहिरो: बीपी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध

Author Image
सोमवार, असार १६, २०८२

प्रतिकात्मक फायल फोटो: गुगलबाट

काभ्रे — लगातारको वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ स्थित नार्केमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सोमबार साँझ करिब ५ बजेतिर खसेको लेदो र माटोसहितको पहिरोले राजमार्गको दुबै तर्फको सवारी आवागमन ठप्प बनाएको हो।

राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा सवारी साधनहरु अलपत्र परेका छन्। घटनास्थलमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सडक डिभिजन कार्यालयको टोली पुगेर अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

वर्षा अझै जारी रहेकाले पहिरो हटाउने कार्यमा कठिनाइ भइरहेको बताइएको छ। स्थानीय बासिन्दाले सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर