बिर्तामोड । महिलाहरूको सशक्तीकरण, समाजसेवा र अन्तर्राष्ट्रिय समझदारी प्रवद्र्धन गर्ने उद्देश्य राख्ने क्रियाशील इनर ह्वील क्लब अफ बिर्तामोड मिड टाउनको नयाँ नेतृत्व चयन गरिएको छ। क्लबको अध्यक्षमा लुना बस्नेत चयन भएकी छन्। बस्तेन क्लवको आठौं अध्यध्क्ष हुन् ।

यसअघि अध्यक्ष रहेकी जुनु विमली उप्रेतीको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यक्रममा रोटरी क्लबका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सामाजिक क्षेत्रका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष लुना बस्नेतले इनर ह्वील क्लबको योगदानको चर्चा गर्दै भनिन्, “इनर ह्वील क्लबले स्थापना भएदेखि नै महिला नेतृत्व, सेवा भावना र अन्तर्राष्ट्रिय सहकार्यको उदाहरणीय कार्य गर्दै आएको छ। हामीले स्थानीय स्तरमा पनि यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढ्नेछौं।”




नयाँ कार्यसमिति यस प्रकार छ :
अध्यक्ष : लुना बस्नेत
उपाध्यक्ष : रिजु क्षेत्री पाण्डे
निवर्तमान अध्यक्ष : जुनु विमली उप्रेती
सचिव : कमला पौडेल
कोषाध्यक्ष : अनिता शर्मा
इन्टरनेशनल सर्भिस अर्गनाइजर : रेखा अग्रवाल
उप इन्टरनेशनल सर्भिस अर्गनाइजर : निशा गिरी (टीका)
सम्पादक : मुनमुन अग्रवाल
सह-सम्पादक : सृजना थापा
सदस्यहरू : निलम अग्रवाल मित्तल, निलम अग्रवाल, वर्षा राजभण्डारी, रेनु गोयल, डा. अर्चना यादव
इनर ह्वील क्लबले ‘मैत्री र सेवा’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै हाल विश्वका १०० भन्दा बढी देशहरूमा सेवा अभियान सञ्चालन गर्दै आएको छ। नेपालमा पनि क्लबले सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा संचालन गर्दै आएको छ।

