

काठमाडौं – बाँकेमा श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन गएका एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसी रहेका छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नै घरमा हेन्ड पम्पको मोटरबाट पानी तान्ने क्रममा उनको श्रीमतीलाई करेन्ट लागेको थियो । श्रीमतीलाई करेन्ट लागेको देखेपछि खड्कलाल बचाउन गएका थिए ।करेन्ट लागेर घाइते भएकी जैसीको श्रीमतीलाई भने उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।
Views: 343

