Aamsanchar

´डेटिङ एप´ सञ्चालन गर्ने ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

Author Image
बुधवार, असार १८, २०८२

काठमाडौं – गैरकानुनी रूपमा ´डेटिङ एप´ सञ्चालन गर्ने ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले ललितपुरको वालिफलस्थित दमकल चोकबाट उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।

 

सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी दर्ता गराई गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गरेको सूचना प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ प्रनेमा २९ वर्षीय झाङ लुन, २७ वर्षीय चेन जेआहाओ, ४१ वर्षीय लिन डीई, ३२ वर्षीय एक्स यूझइन्जिन, ३२ वर्षीय एक्स यूझइन्जिन र ३३ वर्षीय एक्स यूएलइंगहुए रहेका छन्।

उनीहरूले मिटु डेटिङ एप सञ्चालन गरी नेपाली युवतीहरूलाई प्रलोभनमा पारी अनलाइन स्क्याम गर्ने गरेको र क्रिप्टो कारोबारमा पनि संलग्न रहेको भेटिएको प्रहरी अनुसन्धानमा खुलेको छ। उनीहरूले काठमाडौंको चागलमा एउटा घर नै भाडामा लिएर उक्त कार्य ग्रदै आएको प्रहरी उपरीक्षक युवराज खतिवडाले बताए।

 

उनीहरूको साथबाट स्रोत नखुलेको करिब १४ लाख रुपैयाँ बरामद भएको छ। चिनियाँ नागरिकहरूविरुद्ध अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै पक्राउ परेका ४६ जना नेपालीमाथि पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले बताए।

प्रहरीका अनुसार उनीहरूको साथमा रहेको ७ थान ल्यापटप, ५४ थान मोबाइल पनि बरामद गरिएको छ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर