Aamsanchar

आदर्श कलेजमा दुई दिने फर्स्ट एड तालिम, विद्यार्थीको बीमा पनि नवीकरण

Author Image
बुधवार, असार १८, २०८२

बिर्तामोड ।
होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टमा दुई दिने आधारभूत प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ।

कार्यक्रम आदर्श कलेजको आयोजनामा, सुरुवाती कोठा नेपाल–झापा र आदर्श एम्बासडर क्लबको समन्वयमा सञ्चालन गरिएको हो। कलेजका एकेडेमिक कोर्डिनेटर यज्ञराज कडरियाको अध्यक्षता तथा व्यवस्थापन प्रमुख अनुशा ढकाल खरेलको निगरानीमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीले विद्यार्थीको समग्र विकासका लागि यस्ता अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए। विशिष्ट अतिथि रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले प्राथमिक उपचारको सीप जीवनभर उपयोगी हुने भन्दै विद्यार्थीलाई यसबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

तालिमको सैद्धान्तिक पक्षको प्रशिक्षण बाल सुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं फस्र्ट एड तालिम संयोजक विश्व थापाले दिएका थिए। त्यस्तै, रेडक्रसकर्मी डिल्लीराम भण्डारी र हरेशरण खड्काले कार्डियो पल्मोनरी रेससिटेसन (CPR), रगत बग्दा अपनाउनुपर्ने उपाय, इमर्जेन्सी स्ट्रेचर निर्माणलगायत विविध प्राथमिक उपचारका विधिहरूको व्यवहारिक जानकारी दिएका थिए।

कार्यक्रम सञ्चालन सुरुवाती कोठा नेपालका अध्यक्ष तथा कलेजका जनसम्पर्क तथा विद्यार्थी भर्ना प्रमुख दीपक दासले गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूको बीमा हिमालय एभरेस्ट इन्स्योरेन्स प्रा।लि।सँगको सम्झौता अन्तर्गत गरिएको थियो, जुन पुनः नविकरण गरिएको जानकारी समेत प्रमुख दासले दिएका थिए।

Views: 164

प्रतिक्रिया (०)