Aamsanchar

नगरले ताजा तरकारीमा लगाएको निकासी कर हटाउन माग गर्दै किसान आन्दोलित

Author Image
बिहिवार, असार १९, २०८२

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिकाले ताजा तरकारीमा लगाएको निकासी कर हटाउन माग गर्दै किसानहरुले आन्दोलन गरेका छन् । यस अघि पनि पटक–पटक निकासी कर हटाउन माग गर्दै आएका किसानले आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीको डुमडुमे मन्दिर अगाडि सडक अवरुद्ध पारेर विरोध गरेका हुन् ।

यस अघि नगरपालिकालाई कर हटाउन माग गर्दै आएकोमा व्यापारीले किसानसँग तरकारी किन्नै रोकेपछि प्रदर्शन गर्नुपरेको किसानको भनाइ छ । नगरपालिकाले तरकारी माथि लगाउने कर खारेज नभएसम्म तरकारी खरिद नगर्ने तरकारी व्यवसायी सङ्घका अध्यक्ष दरेश चौधरीले बताउनुभयो ।

विरोध प्रदर्शनमा किसानसँगै व्यापारी पनि सहभागी भएका छन् । लालबन्दीमा उत्पादित तरकारी काठमाण्डौ, पोखरा नारायणगढ लगायतका शहरमा बिक्री हुने गरेको छ । नगरपालिकाले अन्यत्र लैजाँदा तरकारीमा निकासी कर लगाएको हो ।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर