Aamsanchar

धनकुटाकाे बक्रकुण्ड डाँडामा च्याङ्गेसी बुद्धको प्रतिमा निर्माण

Author Image
शुक्रवार, असार २०, २०८२

हिले- धनकुटा नगरपालिका– १ हिलेस्थित बक्रकुण्ड डाँडामा च्याङ्गेसी बुद्धको प्रतिमा निर्माण गरिएको छ । कोशी प्रदेश सरकारको १० लाख रुपियाँ तथा बक्रकुण्ड मन्दिर ब्यबस्थापन समितिको दुई लाख गरी कुल १२ लाख रुपियाँको लागतमा २० फुट अग्लो प्रतिमा निर्माण गरिएको हिले बजार ब्यबस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले जानकारी दिनुभयो ।

हिलेको बक्रकुण्ड क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र हो । यही मन्दिरमाथि रहेको करिब १९५० मिटर अग्लो भ्यु प्वाइन्टमा प्रतिमा स्थापना गरिएको हो । च्याङ्गेसी बुद्धको प्रतिमा निर्माणपछि हिलेको पर्यटन प्रबद्र्धनमा थप सहयोग पुग्ने धनकुटा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष ओङ्दा तामाङले जानकारी दिनुभयो ।

च्याङ्गेसी बुद्ध, बुद्धका विभिन्न प्रकारमध्ये एक प्रकार हो । अरू बुद्धभन्दा अनौठो देखिने ४ हात रहेको तथा प्रार्थना मुद्रामा हातमा माला, कमलको फूल रहने च्याङ्गसी बुद्धको विशेषता हो । बुद्धको यो प्रकारको प्रतिमा नेपालमा कम प्रचलनमा छ ।

 

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर