Aamsanchar

झापा : हजुरबुवासँगै भुइँमा सुतेका बालकको कालो गोमन सर्पले डस्दा ज्यान गयाे

Author Image
आइतवार, असार २२, २०८२

झापा – झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ। सर्पले डस्दा कमल गाउँपालिका- ४ का अन्दाजी १० वर्षीय नवीन विकको मृत्यु भएको हो।

 

गएराति हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमन सर्पले खुट्टामा टोकेको थियो। उनको घटनास्थलमै मृत्यु भएको कमल ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले बताए।

 

बालकको मृत्युपछि घर आँगनमा खोजेर दुईवटा सर्प मारेका थिए। ज्योति आधारभूत विद्यालयमा अध्ययनरत नवीन हजुरबुवा र हजुरआमासँगै बस्दै आएका थिए। उनका बुवा वैदेशिक रोजगारीमा गएका छन्।

Views: 401

प्रतिक्रिया (०)

सम्बन्धित खबर