

विराटनगर – मोरङको रंगेलीमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ।


लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो। गोली चलाएको प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ पनि गरेको छ।


लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सन्जेल सहितको टोली खटिएको थियो।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही स्थानका ३८ वर्षीय सुशील बुढाथोकी र एक भारतीय महिलालाई पक्राउ गरेको हो। भारतीय महिलाको पहिचान खुलेको छैन।
Views: 122

