Aamsanchar

चल्ला उत्पादन र बिक्री भोलिदेखि पूर्ण बन्द

Author Image
आइतवार, असार २२, २०८२

काठमाडौं – नेपाल ह्याचरी उद्योग संघले भोलि (सोमबार) देखि लागु हुनेगरी कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाएको छ ।

संघको शुक्रबार बसेको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कलर बोइलर ९कोइलर० कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।

पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त निर्णय गरिएको संघले जनाएको छ ।

संघ अध्यक्ष लक्ष्मीदास श्रेष्ठले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने निर्णयमा पुगेको बताए ।

‘ह्याचरी व्यवसाय चल्लाको परल मूल्यभन्दा पनि निकै तल ओर्लिएर बिक्री गर्नुपर्ने र बिक्री नै नहुने अवस्थामा पुगेको छ,’ अध्यक्ष श्रेष्ठले  भने, ‘यही अवस्थालाई सन्तुलन गर्नका लागि हामीले एक साताका लागि बन्द गर्न लागेका हौं ।’

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर