Aamsanchar

यो समय नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो : ज्ञानेन्द्र शाह

Author Image
सोमवार, असार २३, २०८२

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्।

आफ्नो ७९ औं जन्मदिनका अवसरमा निर्मल निवासमा आयोजित कार्यक्रममा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन्।

उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने पनि बताए।

‘यो समय नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो।’ उनले भने, ‘हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन हामी भित्र नेपाल हुनुपर्छ अनि मात्र नेपाली हुन्छौं।’

उनले अहिले वर्षाको समय भएकाले बाढी, पहिरो र डुबानका साथै पानीजन्य विमारी पनि हुने भएकाले सबैलाई शतर्क भएर बस्न पनि आग्रह गरे।

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर