Aamsanchar

छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान

Author Image
सोमवार, असार २३, २०८२

काठमाडौं – यस वर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ।

गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदान गरेका हुन्।

यसैगरी रु एक लाख राशिको सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र रु एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो ।

साथै रु ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार गायक एसडी योगीलाई प्रदान गरिएको जनाइएको छ।

त्यस अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सृजनाहरू छिन्नलताको विशेषता भएको बताए। गीतकार राजेन्द्र रिजालले पुरस्कारबाट आफूलाई थप हौसला मिलेको बताए ।

Views: 156

प्रतिक्रिया (०)