Aamsanchar

१ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

Author Image
मङ्गलवार, असार २४, २०८२

काठमाडौं – १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाङ जिएन रहेका छन्।

 

काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

 

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

 

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर