Aamsanchar

थापाथलीमा रहेको पुलमुनि एक जना मृत फेला

Author Image
बुधवार, असार २५, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिका–११, थापाथलीमा रहेको पुलमुनि एक जना मृत अवस्थामा भेटिएका छन् ।नजिकै रहेको सुकुमबासी बस्तीमा बस्ने मकवानपुर बकैया गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । थप अनुसन्धान चलिरहेको छ ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर