

काठमाडौं – बिहीबार बिहान भारतको दिल्ली–एनसीआरमा भूकम्पको झट्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र(एनसीएस)ले भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.४ रहेको जनाएको छ। दिल्ली–एनसीआरमा करिब ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो।

भूकम्पबाट अहिलेसम्म कुनै क्षति नभएको दिल्ली प्रहरीले जनाएको छ।
Views: 186


