Aamsanchar

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालक पक्राउ

Author Image
बिहिवार, असार २६, २०८२

सिन्धुली – सिन्धुलीमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा सिन्धुलीबाट महोत्तरीको बर्दिवास तर्फ जाँदै गरेका मधेश प्रदेश ०४–००१ क ००३२ नम्बरको ट्रकका चालक कमलामाई नगरपालिका-४ सिन्धुलीका वर्ष २८ का सन्तोष अछामी, जनकपुरबाट सिन्धुली तर्फ आउँदै गरेको बा ३ ख ४९८० नम्बरको बस चालक जनकपुर उपमहानगरपालिका २३ धनुषाका वर्ष ४७ को विजय कुमार ठाकुर, जनकपुरबाट उदयपुरको कटारी तर्फ जाँदै गरेको बा ४ ख ३८८९ नम्बर टिपर चालक कटारी नगरपालिका ४ बस्ने वर्ष २७ का बिमल तामाङ रहेका छन्।

 

यस्तै सिन्धुलीको दुधौलीबाट सिन्धुलीमाढी तर्फ आउँदै गरेको बा२ख ५९६१ नम्बरको बसका चालक दुधौली नगरपालिका-९ सिन्धुली बस्ने वर्ष ५४ को शंकर तामाङ, महेन्द्रनगरबाट कटारीतर्फ जाँदै गरेको बा२ख ७२१४ नम्बरको टिपर चालक दुधौली नगरपालिका-१४ सिन्धुली बस्ने वर्ष २३ का पदम बहादुर कार्की र चपुरबाट कटारी तर्फ जाँदै गरेको बा४ख ६५ नम्बरको बसका चालक बर्दिबास नगरपालिका-३ महोत्तरी बस्ने वर्ष ३० को लक्ष्मण भण्डारी रहेका छन् ।

 

बिहिबार कमलामाई नगरपालिका-९ भिमान बसपार्कमा आयोजित चेकजाँच तथा परीक्षणका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सो कार्यक्रममा ठूला–साना गरी ७४ वटा सवारीसाधन र तिनका चालकहरूको स्वास्थ्य परीक्षण गरिएको प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर