Aamsanchar

फिफा वरीयतामा नेपाल एक स्थान तल

Author Image
बिहिवार, असार २६, २०८२

काठमाण्डौ – फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ ।

फिफा वरीयतामा सार्क देशका श्रीलङ्का बाहेक सबैको स्थान खस्किएको छ । श्रीलङ्का चार स्थान सुधार गर्दै १ सय ९६औं स्थानमा आइपुगेको छ । भारत ६ स्थान तल झर्दै १ सय ३३, माल्दिभ्स सात स्थान तल झर्दै १ सय ७१, बङ्गलादेश एक स्थान तल झर्दै १ सय ८४, भूटान चार स्थान तल झर्दै १ सय ८६ र पाकिस्तान तीन स्थान तल झर्दै २ सय १औं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो र ब्राजिल पाँचौं स्थानमा यथावत् छन् ।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर