Aamsanchar

बूढीराप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालकको शव फेला

Author Image
शुक्रवार, असार २७, २०८२

चितवन – पूर्वी चितवनको रत्ननगर–७, पडेरिया पुल नजिकै बूढीराप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको शव फेला परेको छ।

रत्ननगर नगरपालिकाको नगरप्रहरी टोलीले आज बिहान पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक उनको शव फेला पारेको हो।

रत्ननगर–१५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा बूढीराप्ती नदीमा बेपत्ता भएका थिए।

रत्ननगर–७, पडेरियास्थित मामाघर गएका बेला उनी नदीमा पौडी खेल्न गएका थिए। बेपत्ता भएको १५ घण्टापछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।

 

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर