Aamsanchar

मोन्टी देशाई काठमाडौं गुखार्जको प्रमुख प्रशिक्षकमा नियुक्त

Author Image
शुक्रवार, असार २७, २०८२

काठमाडौं-  काठमाडौं गुर्खाजले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक मोन्टी देशाईलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणमा नेपाली टिमको प्रमुख प्रशिक्षकको रुपमा एनपीएल विश्लेषण गरेका देशाईले दोस्रो संस्करणमा काठमाडौं गुखार्जको टिम सम्हाल्नेछन्।

 

काठमाडौं गुर्खाजले सामाजिक सञ्जालमार्फल मोन्टी देशाइलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो। देशाईको प्रशिक्षणमा नेपालले सन् २०२३ को एसिया कप र २०२४ को टी २० विश्वकप खेलेको थियो। काठमाडौं गु्र्खाजले दोस्रो संस्करणको लागि मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, दिपेश कँडेल, प्रतिक श्रेष्ठ र रासिद खानालाई रिटेन गरेको थियो।

 

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर