Aamsanchar

कुटपिट गरेर बाबुको हत्या गर्ने ४० वर्षीय झुपे पक्राउ

Author Image
शुक्रवार, असार २७, २०८२

अर्घाखाँची –  कुटपिट गरेर बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आफ्नै बुबा ७२ वर्षीय जंग बहादुर नेपालीको हत्या गरेको अभियोगमा सन्धीखर्क नगरपालिका-१२ बाँसखर्क बस्ने ४० वर्षीय झुपे नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

 

झुपेले कुटपिट गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर