

काठमाडौँ – गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पीडालाई समेटिएको नयाँ गीत ‘एक दिन त पछुताउँछ’ सार्वजनिक गरेकी छन् । गीतमा उनले विगतका घाउ, पीडा र आत्मबललाई भावुक रूपमा अभिव्यक्त गरेकी छन् ।

गीत गायनमा चौहानलाई गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । गायत्री थापाको शब्द रहेको गीतमा खुमन अधिकारीकै सङ्गीत छ ।

गीतको म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवनकुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । दुर्गा पौडेलको छायाङ्कन रहेको भिडियोमा नवीन घर्तीमगरको सम्पादन छ ।
Views: 136

