

काठमाडौँ – हास्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले पशुपति क्षेत्रमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा आर्थिक सहयोग गरेका छन् । सोमबार फिल्म ‘माग्ने राजा’ प्रचारका लागि टिम सहित पुगेका घिमिरेले त्यहाँ २५ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

महायज्ञमा घिमिरेका अलवा अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिना पनि पुगेका थिए । मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो ।

यसअघि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पल शाह, रमेश उप्रेती, सरोज खनाल लगायतका कलाकारहरु पनि पुगेर आर्थिक सहयोग गरेका थिए ।
Views: 185

