

झापा- झापा गाउँपालिका–३ मा भएको चाँदीका गरगहना चोरी प्रकरणमा संलग्न दुई युवकलाई प्रहरीले चोरी गरिएको सामानसहित पक्राउ गरेको छ । चोरीको घटनाबारे सूचना प्राप्त भएको चार दिनमा प्रहरीले चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो ।
२०८२ साल साउन १४ गते दिउँसो करिब १ बजे झापा गाउँपालिका–३ निवासी २० वर्षीय लरेश मुर्मुको घरबाट विभिन्न चाँदीका गरगहना चोरी भएको सूचना प्रहरी चौकी टाघनडुब्बामा प्राप्त भएको थियो ।
सूचनापछि खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा सोही वडाका १९ वर्षीय निर्मल बराईली र सोही स्थानका १९ वर्षीय दिपेश रसाइलीलाई साउन १८ गते पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये निर्मल बराईलीको घरबाट चोरी गरिएका चाँदीका गरगहना – चुरा (१ जोर), कल्ली (१ जोर), बिच्छी (१ थान), पाउजु (१ थान), सिक्री (१ थान), र औंठी (३ थान) – फेला पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत झापाबाट साउन १९ गते ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


