Aamsanchar

सुन्धाराको धरहरा टपरी ममलाई धातुको औँठी भेटिएपछि २ लाख जरिवाना

Author Image
बिहिवार, साउन २९, २०८२

काठमाडौँ । सुन्धारास्थित धरहरा टपरी मममा खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन भएको पाइएको छ। नियमित अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाले बिक्रीका लागि तयारी अवस्थामा राखिएको ममभित्र धातुको औँठी फेला पारेपछि २ लाख रुपैयाँ जरिवाना गरेको हो।

महानगरको कृषि तथा खाद्य विभागका प्रमुख तथा निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार, उक्त व्यवसायले पटक–पटक निर्देशन उल्लङ्घन गर्दै गुणस्तरीय उत्पादन नगरेको प्रमाण भेटिएको हो।

निर्देशनअनुसार, जरिवाना रकम ७ दिनभित्र बैङ्कमार्फत बुझाई सोको जानकारीसहित महानगरको कार्यालयमा उपस्थित हुन व्यवसायीलाई आदेश गरिएको छ। साथै, आगामी दिनमा स्वच्छता र गुणस्तर कायम राख्दै उत्पादन तथा वितरण गर्न कडाईका साथ सचेत गराइएको छ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर