Aamsanchar

दर्पण कला संसारद्वारा तीजको अवसरमा महिलाहरूको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

Author Image
मङ्गलवार, भदौ ३, २०८२

झापा । झापाको दक्षिणी भेगमा स्थापित दर्पण कला संसारले तीज पर्वको अवसर पारेर महिलाहरूलाई लक्षित गर्दै खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। कला, साहित्य र अभिनय क्षेत्रमा सक्रिय यो संस्थाले पछिल्ला वर्षमा विभिन्न सिर्जनात्मक कार्यक्रमहरू गर्दै आएको छ।

दुई वर्षअघि आधिकारिक दर्ता भएको संस्थाले छोटो अवधिमै उल्लेखनीय गतिविधि सम्पन्न गरेको छ। गत वर्ष तीजकै अवसरमा स्थानीय महिलाको सहभागितामा तीज म्युजिक भिडियो निर्माण गरेको संस्थाले लागुऔषध न्यूनीकरणको सन्देशसहित “परिणाम” नामक छोटो चलचित्र समेत तयार गरेको थियो। अध्यक्ष प्रेमलावतीका अनुसार उक्त चलचित्र आगामी भाद्र १३ गते नगरपालिकाको सवालबाट सार्वजनिक प्रदर्शन हुने तयारी गरिएको छ।

यसै सन्दर्भमा महिलालाई हरितालिका पर्वमा एकजुट गराउने उद्देश्यले संस्थाले वडास्तरीय खुल्ला नृत्य प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा वडा नं ५ को मनकामना समूह प्रथम, वडा नं ३ को जनचेतना महिला समूह द्वितीय र वडा नं १ को पारिजात कीर्तन मण्डली तृतीय स्थान हासिल गर्न सफल भए।

कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख जलवर्षा राजवंशी रहेकी थिइन्। विभिन्न वडाध्यक्ष, संघसंस्था, सामाजिक तथा बौद्धिक व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागीको उत्साहपूर्ण सहभागिता देखिएको थियो।

कार्यक्रम सञ्चालन संस्थाका सचिव भुवन खड्का र सदस्य निर्मला रिमाल ले गरेका थिए। स्वागत नृत्यमा संस्थाकी कोषाध्यक्ष गंगा खड्का सहित सदस्यहरू मिना बराल, अनुजा काफ्ले सुवेदी र लक्ष्मी थापाले प्रस्तुति दिएका थिए।
अतिथि सम्मानका लागि स्वयंसेवामा लक्ष्मी चिमरिया, कुमारी बस्नेत र स्मिता अधिकारी सक्रिय रहे।

निर्णायकको भूमिकामा खगेन्द्र न्यौपाने र देबु निरौला रहेका थिए भने कार्यक्रम सफल बनाउन युवराज खड्का र पूजा निरौलाले महत्वपूर्ण भूमिका खेलेका थिए।
गौरादह वडा नं ३ स्थित  सम्पन्न कार्यक्रम सुव्यवस्थित र मर्यादित रुपमा सम्पन्न भएको संस्थाका सदस्य हरि बस्नेत ‘डिके’ ले जानकारी दिएका छन्।

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर