Aamsanchar

कुशे औंशी को महत्व :

Author Image
शनिवार, भदौ ७, २०८२

वैदिक सनातन हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व एक महत्वपुर्ण मानिन्छ । यश दिन देश विदेश रहेका विशेषत स् सनातन हिन्दु धर्ममा आस्था राख्ने हरुले आफ्ना बुबा (पिता) लाई विशेष सम्मान र श्रद्धा गरी मनाइँन्छ ।

‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले बुबा (पिता) लाई विशेष सम्मान गरिन्छ । कुशे औंशिको दिन बुबा (पिता) प्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन चली आएको छ ।

बुबा (पिता) नहुने हरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा औंशिकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

त्यसैले यश दिन बिहानैदेखि गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा मेला लाग्द्छ। गोकर्णमा विशेष मेला लाग्ने भएकाले कुशे औँसीलाई गोकर्णे औंसी पनि भन्ने गरिन्छ ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ। सनातन हिन्दू धर्मालम्बिहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । कुशे औंशिका दिन घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने धार्मिक रहेको पाइन्छ ।

औंसी बाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ ।

Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर