

ओम आचार्य

जेन-जीको आन्दोलन वर्तमान भ्रष्टाचार , कुशासन सामाजिक सञ्जालमा लगाएको रोकबाट सुरु भएको आन्दोलनले चौविस घन्टा नबित्दै सरकार ढल्नु पर्यो । सेनाको आग्रहमा प्रधानमन्त्रीको राजिनामा आए पछि कसलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने भन्ने विषयमा जेनजी नागरिक समाज र कानुनविद्हरू सँग परामर्श चलिरहँदा दुई दिन सम्म कुनै निष्कर्ष निस्कन सकेन । प्रधानमन्त्रीमा सुशीला कार्की नाममा सहमति भएर पनि संसद विघटनको विषयमा फेरी दुइ मत देखा परे । सुशीला कार्की संसद विघटन पश्चात मात्रै प्रधानमन्त्री स्विकार्ने अडान र राष्ट्रपति भन्नु हुन्छ तपाइ प्रधानमन्त्री भन्नुस् अनि संसद विघटनको सिफारिस पछि संसद विघटन हुनेछ ।

यसै बिच प्रधान सेनापतिले राष्ट्रपतिलाई राजिनामा दिन दवाव दिदैँ गर्दा “ म राजीनाम दिन्न बरु मलाई मार्नुस् र आन्दोलनकारी माथि हत्याको आरोप लगाउनुस् र जे मन लाग्छ त्यो गर्नुस् ’’ भन्ने जवाफ दिएका थिए ।
अहिले मुलुक सङ्क्रमण कालमा छ । यस्तो अवस्थामा जेनजी भित्र पनि घुस पैठ भएको कुरा स्वयं जेनजीहरुले पनि स्विकारिरहेको अवस्था छ भने अर्को तिर लोकतन्त्र प्रजातन्त्रका विरोधी र संविधान मास्ने समुह पनि सक्रिय रहेको अवस्थामा राष्ट्रपति समक्ष देश जनता र लोकतन्त्रको सुरक्षा गर्ने दायित्व गम्भिर रुपमा आएको छ ।
यही दायित्व र जिम्मेवारी महसुस गरेर नै राष्ट्रपति ले सेना र सुशीला कार्की समक्ष आफ्नो दृढ विचार राखेको देखिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति हुनु भन्दा पूर्व नेपाली काङ्ग्रेसको शिर्ष नेता हुनुहुन्थ्यो । राष्ट्रपति बन्नु भन्दा पूर्व वहाँको राजनीतिक पृष्ठभूमि राजनीतिक जग लोकतन्त्र प्रजातन्त्रबाट नै सुरु भएको थियो र आज लोकतन्त्र कै रक्षार्थ दरो उभिएर राष्ट्र र जनता समक्ष इतिहास बन्ने गरि आफ्नो परिचय प्रस्तुत गर्नु भयो ।
संविधानको तागत कति छ र हुन्छ भन्ने कुरा आज राष्ट्रपतिबाट उद्घाटित भएको छ । सेनापति र सुशीला कार्कीलाई जवाफ दिदैँ गर्दा वहाँको पछाडि संविधान थियो र जीवित थियो र त्यही तागत त्यही बल देखाउनु भयो । अहिले धेरै गुप्त र प्रतिगामीहरू संविधान मासेर राष्ट्रपति हटाएर आफ्नो कुत्सित विचार स्थापित गर्न खोज्दै थिए । तर जेन जी , नागरिक समाज र कानुन विदको विवेक पूर्ण सुझाव र राष्ट्रपतिको अडानले सफल हुन पाएन ।
नेपालको संविधानमा राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ । राष्ट्रपतिले नै मन्त्रिपर्षदको सिफारिसमा प्रधानसेनापतिको नियुक्ती र पदमुक्ति गर्ने छ । यस्तो व्यवस्था भएको संविधानको राष्ट्रपतीले सेनापतिबाट राजिनामा दिनुस भन्ने कुरा सिधै राष्ट्रपतिले इन्कार गर्नु संविधानकै तागत हो ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की
राष्ट्रपतिबाट नियुक्त हुनु भएकी प्रधानमन्त्री सुशीला कार्कीलाई वहाले सम्पादन गर्नु पर्ने कार्यसहित नियुक्त गर्नु भएको छ । निर्धारित मीति भित्र सहज ,सरल ,समझदारी पूर्ण तरिकाहाट निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधीबाट संसद भवन भर्नु हुनेछ । अहिले हामी वहा कार्य सम्पादन गर्ने शैलि प्रति भरोसा र विश्वास राखौं ।
फाल्गुण २१
फाल्गुण २१ को निर्वाचनले अहिले विघटित सांसादमा उपस्थित रहेका राजनीतिक दलहरुको संख्यामा अलिक फरक नतिजा आउन सक्ने विधमान अवस्था छ१यो कुरा अहिलेका राजनीतिक दलहरुले अहिले आफ्नो संगठनमा विचारमा नेतृत्व तहमा परिवर्ततन र सुधार गर्दै युवा पुस्ताको विचारमा समाहित हुन सकेनन भने फाल्गुण २१मा हुने निर्वाचनमा पछि पर्न सक्छन ।
राजनीतिक दलहरुमा यही विधामान अवस्था रहे भोलि हुने संसदिय निर्वाचनमा लोकतन्त्र विरोधीहरुको बाहुल्यता हुन सक्ने र त्यही संसदले जसरी राजसंस्था खारेज गरे त्यसरी नै पुनरस्थापना गर्न सक्छन । निकटमा रहेको यो दृष्यलाइ राजनीतिक दलहरुले समयमै कमजोर वनाउन आफुमा आत्मालोचना गर्दै सुधार गरेर लोकतन्त्र जोगाउने दायित्व अव राजनीतिक दलमा आएको छ।

