Aamsanchar

तिहारमा देउशी महत्व :

Author Image
सोमवार, कार्तिक ४, २०८२


तिहार सनातन हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको दोस्रो ठूलो पर्वको रुपमा लिने गरिन्छ । कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व का फरक – फरक विशेषता छ । सनातन हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन्।
तिहार को सन्दर्भमा चर्चा गर्दा तिहार मा देउशी को निक्कै ठूलो महत्व छ ।

समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। नेपालको यो एउटा पुरानो लोक पृय संस्कृति हो जसमा महिला / पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । देउसी/ भैलो खेल्न केटाकेटी युवा वयस्क देखि पाका उमेर समेतका दाजु भाइ दिदी बहिनी हरु , निकै रमाइलो मानी देउशी / भैलो खेल्ने प्रचलन छ । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरूले देउसीरे भन्दै सामूहिक रूपमा नाँच्ने गाउँने गरिन्छ । नेपालको यो परम्परा सनातन काल देखि कै मौलिक विशेषता हो । नाँच्ने गाउँने क्रममा घरमुली लाई फुर्काइ – फुर्काइ चारमुखे थैली खोल्नै लागे , घर धनी बा आमाको मन ठूलो छ, ठुला घरको ठुलै चाल , छाना माथी घिरौला के के दिन्छन हेरौला , नाउँ मेरो कालू यतिका साथी कसरी पाँलु , यसै क्रममा हामी त्यसै आएनौ बलिराजा ले पठाएको भने पछि घर-घनी बा आमाले देउशी , भैलोलाई मुठीखोलेर दान दिन्छन र साथमा मिठामिठा परिकार सेलरोटी अनारसा पत्रे फलफुल भट्याउने नाइके लाई माला समेत लगाइ दिएर टोपिमा पैसा समेत सिउरी दिने समेत चलन छ ।

देउसी/भैलो प्रदर्शन गर्ने अभ्यासको उत्पत्तिको बारेमा पौराणिक कथा विभिन्न छन तर मुख्य दुई कथाहरू लाइ विशेषत : बढी चर्चा गरि गाउँने गरिन्छ ।
पहिलो प्रसङ्गमा-तिहारका सम्बन्धमा सनातन धर्मशास्त्रका पौराणिक कथाहरूलाई आधारमान्दा सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको भन्ने तर्क पाइन्छ ।

पाँच दिन सम्म रहँदा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने, साथै दिदीभाइ र दाजुबहिनीको प्रेम सदा अटल रहोस् साथै दाजुभाईको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वरदान दिई आफ्नी बहिनीसँग बिदा भई गएको प्रसङ्ग उल्लेख गरिएको छ । यसै मान्यता लाई निरन्तर्ता प्राचीन कालदेखि वर्तमान सम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको भनी चर्चा गरेको पाइन्छ

यसै गरि दोस्रो प्रसङ्गमा – सनातन हिन्दू पौराणिक कथा अनुसार, राजा महाबली, हिरण्यकश्यपु का पनाति, प्रह्लाद का नाति र विरोचन का छोरा, पटल का एक धेरै उदार र बुद्धिमान दैत्य राजा थिए। उनले एक पटक देवहरू र तिनीहरूका राजा इन्द्र लाई पराजित गरे र देवलोक (स्वर्ग) को सिंहासन दाबी गरे। त्यसपछि देवताहरू भगवान विष्णु कहाँ मद्दत माग्न गए। आफ्नो विजय पछि, राजा बलीले अश्वमेध अनुष्ठान गर्ने निर्णय गरे।अनुष्ठान गरिरहँदा, भगवान विष्णु आफ्नो बौना पुजारी अवतार, वामन मा बालीसामु प्रकट भए। अनुष्ठानको क्रममा पुजारी वा ऋषिलाई दान दिने चलन थियो। त्यसैले, राजाले वामनलाई आफ्नो इच्छा पूरा गर्न भने। वामनले तीन फिट जमिन मागे। राजा बलीले वामन पुजारीलाई तीन फिट जमिन दान गर्न राजी भए। वामनले आफ्नो पहिलो पाइला राखे तर त्यो आकारमा विस्तार हुन थाल्यो। ऊ यति ठूलो भयो कि उसको एक खुट्टाले सम्पूर्ण पृथ्वी ढाक्यो। दोस्रो पाइलाले देवलोक (स्वर्ग) ढाक्यो।वामनलाई आफ्नो तेस्रो पाइला राख्ने ठाउँ थिएन। त्यसैले, राजाले तेस्रो पाइला राख्नको लागि आफ्नो टाउको वामनलाई अर्पण गरे। वामनले आफ्नो खुट्टा बालीको टाउकोमा राख्ने बित्तिकै, बाली पाताल लोक (भूमिगत क्षेत्र) मा फर्किए।त्यसपछि राजा बलिले वामनसँग “मृत्युलोक” (मृत्युलोक) मा चढ्न सक्षम हुनको लागि इच्छा मागे। भगवान विष्णु ले राजा बलिलाई “यम पञ्चक” मा पाँच दिनको लागि “मृत्युलोक” मा चढ्न सक्षम हुन अनुमति दिनुभयो।त्यसपछि मानिसहरूले महाबली को उदारताको सम्मानमा देउसी प्रदर्शन गर्न थाले। “देउसिरे” शब्द नेपाली भाषामा “देउ” र “सर” शब्दहरूबाट उत्पन्न भएको भनिन्छ, जसको अर्थ “दिनु” र “टाउको” हो।भैलोमा पनि गीतको एउटा पदले राजा बालीलाई जनाउँछ। यसरी देउशी खेल्ने परम्परा रहेको हो भनिएको छ ।
किंवदन्ती हरुमा अन्य विषयहरु उठाएको पाइन्छ तर विशेषत यिनै दुई कथा लाई बढी प्राथामिकतामा राखि देउशी खेल्ने गरेको पाइन्छ ।

देउसी/भैलो खेल्दा आफ्नो स्थानीय क्षेत्रमा घुम्ने पुरुष र/वा महिलाहरूको समूहद्वारा देउसी/भैलो गीत र अन्य गीतहरू गाउँदै सांस्कृतिक मनोरञ्जन प्रदान गर्दछ।समूहमा सामान्यतया एक प्रमुख नेता ले भट्याउने वा गित उठाउने र सहभागीहरू मिलेर स्वरमा स्वर मिलाइ गाउने देउसिरे भन्ने गरिन्छ । एउटा घरमा लगभग २५ मिनेटदेखि ४५ मिनेट चल्न खेलिन्छ । त्यसपछि अर्को घर गर्दै सर्दै खेलिन्छ । लक्ष्मी पुजा को दिन देखि भाइ टिकाको बेलुका सम्म खेल्ने गरिन्छ । लक्ष्मी पुजा गरि सकेपछी आमा ,दिदी ,बहिनी हरु
“हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको हे! औंसीको बारो, गाई तिहारो भैलो हामी त्यसै आएनौँ, बलि राजाले पठा’को हे! औंसीको बारो, गाई तिहारो भैलो ”
हामी त्यसै आएनौ , वलि राजाले पठाए भन्दै मादल बाँसुरी , झ्यामटा र ताली बजाउदै उत्साहित भएर भैली खेल्द छन ।
त्यसै गोवर्धन पुजाको बिहानै देखि देउशी सुरु गरिन्छ ।
देउसी टोलीको मुख्यले भन्छ – “आहै, भन मेरा भाइ हो”
समूह – देउसुरे!
मुख्य – ” हे राम्ररी भन”
समूह – देउसुरे!
मुख्य – “आहै,स्वर मिलाई भन”
समूह – देउसुरे!
मुख्य – “आहै, भन न भन”
समूह – देउसुरे!
मुख्य: “आहै देउसीरे खेल्न”
समूह: देउसूरे!
मुख्य:”आहै आएका हामी”
समूह: देउसुरे!
यस्तै प्रक्रिया चल्दै विच विच मा गित समेत गाइन्छ ।देउसी खेल्दा घर भेटी बा आमा बाट नाङ्लोमा दियो कलश चामल, रुपैया पैसा, सेलरोटी फलफुल आदि लिएर नाँच्दै देउसेको विचमा ल्याएर राखी दिएर बा आमा र घरका सदस्य स्वर मा स्वर मिलाएर देउशि लाई स्वागत गर्दै हौसला प्रदान गर्दछन।
देउशिको अन्त्यमा मुख्य ब्यक्तिले लय बद्ध भट्याएर घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका सदस्य हरु दान दिएको नाङ्लो वरिपरि दाइने बाट घुम्दै नाँच्दै देउसुरे भन्दै लेखको काने औलाको माने , आशिष् दिने यत्तिकै जाने भनी विदा माग्दै देउशी समापन गरिन्छ ।

लेखक ओली
राष्ट्रीय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष हुन् ।

Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर