Aamsanchar

“मैले गाउने गीतहरुमा” सार्वजनिक : रचना रिमाल र नन्दु गुरुङको आवाजमा नयाँ प्रस्तुति

Author Image
शुक्रवार, कार्तिक २२, २०८२

झापा । एचकेआर इन्टरटेन्मेन्ट (Hkr Entertainment) मार्फत नयाँ गीत “मैले गाउने गीतहरुमा” आज सार्वजनिक गरिएको छ।
गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर रहेको छ।

गीतका शब्द मौसम परिवर्तन याकथुङ्बाले लेखेका हुन् भने, संगीत दिपराजले भरेका छन्।
भिडियोमा नवीन सुवेदी र दीक्षा भुजेलको दमदार अभिनय देख्न सकिन्छ।

गीतको निर्देशन, छायांकन र सम्पादन हिकस राईले गरेका छन्। भावनात्मक शब्द, मन छुने स्वर र आकर्षक भिडियोका कारण यो गीतले दर्शक र श्रोताको मन जित्ने विश्वास लिइएको छ।

यो गीत आजबाट एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर