

बालाचतुर्दशी (बालाचतुर्शी) मार्गशिर्ष कृष्ण चतुर्दशीको दिन मनाइने सनातन हिन्दु धर्मको एक अत्यन्तै पवित्र पर्व हो। यसलाई पितृ उद्धार, आत्मशुद्धि, र भगवान् शिवको कृपा प्राप्त गर्ने दिन मानिन्छ।

मुख्य महत्त्वहरूः

दिवंगत पितृहरूको उद्धार हुने विश्वास। शतबीज (सतबीउ) छर्दा सुन दान गरे बराबर पुण्य प्राप्त हुने उल्लेख। बालासुरको उद्धार, वृषसिंहको कथा, तथा भगवान् शिव–पार्वतीसँग सम्बन्धित किम्वदन्तीहरूले यस दिनलाई अत्यन्त पवित्र बनाएको छ। रातभरि दीप बालेर जाग्राम बस्नाले पितृलोक उज्यालो हुन्छ भन्ने जनविश्वास। पितृ खुसी भए घर–परिवारमा सुख, समृद्धि, आयु र ऐश्वर्य बढ्छ भन्ने स्मृति–पुराणको उल्लेख।
बालाचतुर्दशीमा के गर्ने ?
१. त्रयोदशीको साँझ (अघिल्लो रात)
पशुपतिनाथ वा घरमा दीप÷महादीप बाल्ने। दिवंगत पितृको नाम स्मरण गर्दै भजन–कीर्तन, जाग्राम। दीपको उज्यालो पितृलोकमा पुग्छ भन्ने विश्वास। दीपलाई भोलिपल्ट बिहान नदी वा जलाशयमा बगाइने/सेलाइने।
२. चतुर्दशीको बिहान — शतबीज छर्ने
शतबीज (१०० थरी बीउ) बाट बनेको मिश्रण छरिन्छ।
मुख्य बीउः धान, जौ, गहुँ, चना, तिल, मकै, कागुनो
यसमा केरा, अमला, सुन्तला, कागती, उखु, भोगटे, फूल आदि स्थानीय सामग्री पनि मिसाइन्छ।
कहाँ छर्ने ?
पशुपतिनाथ परिसर, मृगस्थली, किरातेश्वर, कैलाश आर्यघाट–गौरीघाट, गुह्येश्वरी, चौसठ्ठी लिङ्ग, अर्जुनधारा धाम देशभरका शिवालय, नदी–तलाउ, पवित्र वनस्पति क्षेत्र ।
कसरी छर्ने ?
“ॐ नमः शिवाय”, “ॐ पितृभ्यो नमः”, “ॐ नमो भगवते वासुदेवाय” आदि मन्त्र उच्चारण गर्दै परिक्रमा। भगवान् शिवले मृगरूप धारण गरेको मानिने क्षेत्र–मृगस्थली–परिक्रमा विशेष पवित्र मानिन्छ।
३. पूजापाठ र विधि
बेलिबाती पशुपति–कैलाश आदि स्थानमा १४ पदयात्रा /परिक्रमा।पहिलो–दोस्रो वर्ष बत्ती बाल्नेहरूले ब्राह्मणको आशीर्वाद लिएर दही–च्युरा ग्रहण गर्ने परम्परा। लगातार तीन वर्ष बत्ती बालिसकेकाहरूले ब्राह्मण पुरोहितमार्फत चतुर्थीकृत्य (साङ्गे) सम्पन्न गर्छन्।
बालाचतुर्दशीका पुराण/किम्बदन्तीहरू
शिव–पार्वती कथाः शिव मृगरूपमा घुम्दा पार्वतीले सतबीज छरेर चिनिन्। बालासुर कथाः मुर्दाघाटमा बस्ने बालानन्द÷बालासुर र वृषसिंहको किम्बदन्ती। वृषसिंहलाई शिवदर्शनः शतबीज छर्न शिवका आदेशपछि बालासुर उद्धारको कथा।
यी कथाहरूले यो पर्व पितृमोक्ष र पाप–प्रायश्चित्तको पर्व हो भन्ने सन्देश दिन्छ।
बालाचतुर्दशीको सार
पितृप्रति कृतज्ञता, सम्झना र श्रद्धा व्यक्त गर्ने दिन। दिवंगत आत्माको शान्ति र मोक्ष कामना। आफ्ना जीवनमा पितृको आशीर्वाद रहने विश्वास। हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले उत्तिकै श्रद्धा–भक्तिसहित मनाउने पर्व।
लेखक सुवेदी अर्जुनधारा जलेश्वर धाममा व्यासाचार्य हुन् ।

