Aamsanchar

एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

Author Image
सोमवार, साउन १९, २०७७

डोटी जिल्लाको सायल गाउँपालिकाले एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको छ । डोटीका नौवटा स्थानीय तहहरूमध्ये सायल गाउँपालिकाले पहिलो पटक एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई भत्ता वितरणको काम सुरु गरेको हो ।
गाउँपालिकाले दलित समुदायका ५० देखि ६० वर्ष उमेर समूहका एकल पुरुष र गैरदलित समुदायका ६० देखि ७० वर्ष उमेर समूहका एकल पुरुषहरूलाई मासिक रुपमा पाँच सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको सायल गाउँपालिका डोटीले जनाएको छ । त्यसैगरी आमा बुवा नभएका सहाराविहीन बालबालिकाहरूलाई पनि मासिक एक हजारका दरले भत्ता दिन थालेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७६-०७७ को गाउँसभाबाट एकल पुरुष र आमाबुवा नभएका सहाराविहीन बालबालिकाहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णयसँगै कार्यविधि निर्माण गरी सामाजिक सुरक्षा भत्ता प्रदान गरिन लागेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।
गाउँपालिका भित्रका ४३ जना पुरुष र विद्यालय नियमित जाने आमाबुवा नभएका सहाराविहीन १७ जना बालबालिकालाई अघिल्लो आर्थिक वर्षको रकम एकमुष्ट यस वर्षको साउन महिनामा वितरण गर्न थालिएको सायल गाउंपालिकाका प्रेस सल्लाहकार डिलबहादुर सिंहले बताए ।
सामाजिक सुरक्षा भत्ता दिने कार्यको सुरुवात सायल गाउँपालिका–४ डौडबाट सुरु गरिएको छ । भत्ता पाउन थालेपछि त्यहाँका एकल पुरुष तथा आमाबुवा नभएका सहाराविहीन बालबालिकाहरू खुसी भएका छन् ।  योसमाचार आजको कारोवार दैनिकमा छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर