Aamsanchar

जनस्तरबाट निर्मित पिसिआर ल्यावका लागि रकम उठनेक्रम जारी, विहिबार करिव ८ लाख प्राप्त

Author Image
बिहिवार, साउन २२, २०७७

 नमुना चेक हस्तान्तरण गर्दै क्रमस् एक्सेल बैंकका पंकज घिमिरेले र प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल । ग्रहण गर्दै बायाँबाट क्रमस् विर्तामोड नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेत ।

चारपाने । झापाको कनकाई नगरपालिका कोटीहोममा जनस्तर (एकका लागि एक अभियान) बाट स्थापना गर्न सुरुगरिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाको सम्पूर्ण काम पुरा भईसक्दा पनि सहयोगी संस्था तथा व्यक्तीहरुबाट सहयोग जुटनेक्रम रोकिएको छैन  ।

विहिबार कोटिहोम स्थित ल्याव स्थल कर्मयोग भवनमा आयोजित एक कार्यक्रमका बिच केही संस्था तथा व्यक्तीहरुले एकका लागि एक अभियानलाई करिव ८ लाख रकम प्रदान गरेका छन ।

अभियानका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोडले पाँच लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, ग्लोबल आइएमइ बैंक लिमिटेडले एक लाख, कनकाई नगर सहकारी समन्वय समितिले ५१ हजार, नेपाल भेनियर उत्पादक संघले ५० हजार, ईटा व्यवसायी संघ झापाले ५१ हजार, दमक निवासी भगवान बस्नेतले २१ हजार र सुरुंगा निवासी नमिता बस्नेतले २ हजार रुपैयाँ प्रदान गरे ।

समर्पण भवनमा आयोजित कार्यक्रममा बैंक तथा व्यवसायी संघले सो रकम बराबरको चेक तथा नगद एकका लागि एक अभियानलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा एक्सेल बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल तथा पंकज घिमिरेले, ग्लोबलका बिर्तामोड शाखा प्रमुख पवन पौडेल र ऋण विभाग प्रमुख मनोज बोहोराले चेक प्रदान गरे ।

त्यस्तै, कनकाई सहकारी समितिको तर्फबाट संयोजक चम्पा सुवेदी र सहसंयोजक कुमारमणि पोखरेलले, भेनियरका तर्फबाट अध्यक्ष दिपक पाण्डे र उपाध्यक्ष श्याम न्यौपानेले चेक हस्तान्तरण गरेका थिए । इँटाका तर्फबाट अध्यक्ष गुणराज थापा, उपाध्यक्ष मदनकुमार मित्तल र सचिव दिपककुमार शाहले चेक प्रदान गरे ।

अभियानका तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, सदस्यहरु केदार गिरी, कुमार भट्टराई, शिव कडेल, गजेन्द्र पौडेल, मिजास पोखरेल, मदनगोपाल सुब्बा, सञ्जिव घिमिरे, लिला चिमरियाल गायतले चेक ग्रहण गरे ।

कार्यक्रममा कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड नगरप्रमुख ध्रर्बवकुमार शिवाकोटी, हल्दिबारीका अध्यक्ष रवीन्द्र लिङदेन, अर्जुनधाराकी नगर उपप्रमुख कमला आचार्य, बुद्धशान्तिकी उपाध्यक्ष मीरा भूर्तेलसमेतले दाताले प्रदान गरेको चेक ग्रहण गरेका थिए ।

अभियनका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित पिसिआर ल्याव अवलोक कार्यक्रमा औचित्यमाथी प्रकास अध्यक्ष गिरीले गरेका थिए भने, अभियानको उदेश्य बारे जानकारी अभियानका सहसंयोजक बिनोद बस्नेत प्रस्ट्याएका थिए । कार्यक्रमको संचालन अभियन्ता एवं नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

ल्यावको आवसेकता र संचालनको विषयमा झापाका धेरै स्थानिय निकायवाट आर्थिक व्यवस्थापन खर्चमा बार्षिक रुपमा रकम उपलब्ध गराउने प्रतिवद्धता भई सकेको छ । सोहीक्रममा आज उपस्थित पालिका प्रमुख, उपप्रखुम हरुले पनि व्यवस्थापनमा साझेदारी गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

सिंगो झापाको सम्पतीको रुपमा रहेको पिसिआर ल्यावलाई जिल्लाका १५ वटै पालिकाले अपनत्तो ग्रहण गर्ने प्रस्थाव राखिएको छ जसका लागि नगरपालिकाले कम्तिमा १० लाख र गाउँपालिकाले ५ लाख व्यवस्थापन खर्च वापत बार्षिक छुट्याउने पर्ने जनाइएको छ ।

हाल सम्म अभियानमा करिब एक करोडको लागतमा ल्याब स्थापना गरिसकेको छ । मेची अस्पतालको मातहतमा सञ्चालनमा आउने ल्याब केही दिनमा सुरु हुनेछ । एक दिनमा ४५० नमुना परीक्षण गर्ने क्षमता भएको ल्याब नागरिकस्तरबाट निर्माण गरिएको हो ।

यस्तो छ ल्याव । (फोटो फिचर)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 498

प्रतिक्रिया (०)

सम्बन्धित खबर