Aamsanchar

उपत्यकाका सबै नाका सिल गर्न मेयरको माग

Author Image
मङ्गलवार, साउन २७, २०७७

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरे काठमाडौंमा कोरोना संक्रमण नियन्त्रण बाहिर जाने चेतावनी दिएका छन् ।
मेयर शाक्यले उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि संक्रमण फैलि नसेकोले यसलाई नियन्त्रण गर्न सबै नाकामा सिल गर्नुपर्ने बताएका हुन् । उनले हाल उपत्यकाभित्र पुष्टि भएका कोरोना संक्रमितमध्य अधिकांश बाहिर जिल्लाबाट आएका व्यक्तिमा देखिएको भन्दै त्यसलाई नियन्त्रण गर्न सबै नाका पूर्णरुपमा सिल गर्नुपर्ने बताए ।

उनले तत्काल नै उपत्यका सिल गरेर अत्यावश्य बाहेकलाई प्रवेशमा रोक लगाउन नसके नियन्त्रण बाहिर जाने भन्दै शान्त पोखरीमा ढुंगा हानेजस्तो हुने समेत चेतावनी दिएका छन् । त्यसका लागि उपत्यकाभित्र रहेका ४० लाख नागरिक बाहेक अन्यलाई अत्यावश्क सेवा लिनुप¥यो भने मात्र प्रवेश खुल्ला गर्नु पर्ने उनको ठहर छ ।
मेयर शाक्यले पालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपि आउने प्रवृतिले संक्रमणको फैलिने स्थिति देखा परेको पनि बताए । उनले संघीय सरकारले लोमो दुरीको यातायात बन्द गरेका स्मरण गराउँदैं अहिले पनि लकडाउन कै अवस्था भएकोले लुकिछिपि आउने र ल्याउने दुवैलाई कारवाही गर्नुपर्ने समेत बताए ।
यस्तै मेयर शाक्यले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दवाव दिने नाउँमा हुने जुलुस र नाराबाजि जस्ता कारण जोखिम बढेको भन्दै सरकारको समर्थन र विरोध हुने यस्ता गतिविधि रोक्न पर्ने पनि बताए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर ह्वातै बढेको छ । जसका कारण सामूदायिक स्तरमा संक्रमण फैलिने डर उच्च देखिएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर बढदैं गएसँगै मूख्य बजार क्षेत्रमा चहलपहल घट्दैं गएको छ ।
लकडाउन खुकुलो भएसँगै पूरानै अवस्थामा फर्किन थालेको काठमाडौंका मुख्य बजार क्षेत्र पूर्ण सुनसान देखिन थालेको हो । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्ररुपमा बढदा संक्रमण समुदायमा फैलिन सक्ने खतरा बढेको छ । जसका कारण काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायका बढ्ता भीड देखिने क्षेत्रमा मानिसहरु न्यून हुँदैं गएका छन् । कतिपय व्यापारीहरुले पसलको सटर बन्द गर्न थालेका छन् भने खुलेकाहरु पनि संक्रमणको त्रासमा रहेको छन् । उनीहरुले चाड पर्वको बेला भएपिन ग्राहकहरु आउनै छाडेको समेत बताएका छन् ।
पछिल्लो समय बाहिर जिल्लाबाट लुकिछिपी उपत्यका प्रवेश गर्नेको संख्या बढेसँगै यहाँ संक्रमणको दर उच्च भएको छ । यो समाचार आजको कारोवार दैनिकमा छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर