Aamsanchar

काठमाडौंमा ट्याक्सी व्यवसायी आन्दोलनमा

Author Image
आइतवार, माघ २५, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् ।

टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् ।

नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका हुन् ।

ट्याक्सी चालक तथा व्यवसायीले निजी सवारीले भाडाका यात्रु बोक्नेगरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा बन्द गर्न पनि माग गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर