Aamsanchar

खिनमायाको घर बनाउन निर्माण समाग्री सहयोग प्राप्त हुदै, नेपाली सेनाले श्रमदान गर्ने

Author Image
आइतवार, असार ६, २०७८

बिर्तामोड । झापा अर्जुनधारा–५ की अतिविपन्न वर्गकी खिनमाया पौडेलको घर निर्माण गर्न आज पनि दाताहरुबाट निर्माण समाग्री र सहयोग रकम उपलब्ध भएको छ ।

अत्यन्त दुःखदायी अवस्थामा रहेकी खिनमायालाई सुरक्षित बासस्थान तयार पार्न र आधारभूत आवश्यकता पूर्ती गरिदिन दाताहरु खिनमायाको घर र उनको अवस्थालाई प्रत्यक्ष बुझेर एक पछि अर्का दाताहरुबाट सहयोग उपलब्ध भएको खिनमाया घर निर्माण समन्वयन समितिका संयोजक ओमप्रकाश लुईटेलले आमसंचारलाई जानकारी दिए ।

यस्तो अबस्थामा रहेकालाई सरहयोग नगरे कस्तालाई गर्नु भन्दै सकेको सहयोग रकम, दैनिक उपभोग्य बस्तु उपलब्ध र श्रमदान गर्ने प्रतिवद्धता भएको छ ।

बिर्तामोडका रुद्रप्रसाद ढकालबाट १० बोरा सिमेन्ट, नेपाली सेना चारआली क्याम्पबाट सम्पूर्ण निर्माणकार्यका लागि आवश्य जनशक्तिबाट श्रमदान, सुरज काफ्ले बिर्तामोडबाट १० हजार नगद, नेवाः पासा पुच सहायता समूह बिर्तामोडबाट खाद्ययन्न, मारवाडी युवती मञ्च अध्यक्ष मुनमुन अग्रवाल, मारवाडी युवा व्यापारीहरु सञ्जय अग्रवाल, राहुल अग्रवाल, प्रविन अग्रवाल र अशोक साईवालाबाट ३५ हजार बरावरको जस्तापाता, मगरा र काटी उपलब्ध भएको लुईटेलले बताए ।

यस अघि कनकाई–९ का शेरबहादुर थापाबाट २५ हजार बराबरको होलोब्लक, अर्जुनधाराका पदम पौडेलबाट तिन ट्रयाक्टर पालुवा, सोना गेलालबाट सौचालय निर्माण सामाग्री, स्थानिय अर्जुन कडेलबाट सोलारबत्ती जडान, नेत्रप्रसाद सिटौलाबाट दुईवटा खाट र आवश्यक सिरक डसना उपलब्ध गराउने प्रतिवद्धता भएको त्यसैगरी जि एण्ड होलोव्लकबाट ढुवानी वापतको ५ हजार रुपैया सहयोग प्राप्त भई सकेको समन्वयन समितिका सचिव जीवन खतिवडाले जानकारी दिए ।

दुई दिन अघि आमसंचार डटकममा खिनमायाको अवस्थाबारे समाचार प्रकाशन भएपछि विभिन्न स्थानबाट आउने सहयोगी दाताहरुले खिनमायाको अवस्था प्रत्यक्ष बुझेने गरेको स्थानियहरु बताउछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर