Aamsanchar

फलोअप : खिनमायाको घर ७५ प्रतिशत निर्माण सम्पन्न, अझै दाताहरुबाट सहयोग जुट्दै

Author Image
आइतवार, असार १३, २०७८

निर्माणाधिन घरमा खिनमाया ।

बिर्तामोड । झापा अर्जुनधारा–५ की अतिविपन्न वर्गकी खिनमाया पौडेलको घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पाँच दिन अघिबाट निर्माण कार्य सुरु भएको घरमा गा¥रो लगाउने, चौकट राख्ने काम सकिएको छ । भोलीबाट छाँनो लगाउने काम सुरु हुने अवस्थामा पुगेको ‘खिनमाया घर निर्माण समन्वयन समितिका संयोजक ओमप्रकाश लुईटेलले जानकारी दिए ।

खिनमायाको निर्माणाधिन घर देखाउदै श्रमदान नेतृत्वकर्ता नेपाली सेना श्री श्री श्री नाथ गणका क्याप्टेन सञ्जिव खत्री ।

खिनमायाको घर निर्माण गर्न समुदायका धेरैजनाले सहयोग पु¥याउनु भएको छ । पछिल्लो २ दिन यता दहिझोडा सामुदायिक बन उपभोक्ता समितिबाट ८ किवी लकडी, २ सय किलो दाउरा, सालबारी सामुदायिक बनबाट ३ किवी लकडी, १ सय किलो दाउरा प्राप्त भएको छ । त्यसैगरी बिर्तामोड निवासी समाजसेवी कुलप्रसाद खरेलबाट ३ वटा ढोकाको पल्ला, काटी कव्जा, अर्जुनधारा–५ का जीवन उप्रेतीले ५ बोरा सिमेन्ट, मेचीनगर निवासी लोकेन्द्रमणी मिश्रबाट १ वटा खाट, सिरक डसना, खिनमायालाई लगाउने लत्ताकपडा उपलब्ध भएको ‘खिनमाया घर निर्माण समन्वयन समितिका सचिव जीवन खतिवडाले बताए ।

खिनमायाको घर निर्माण कार्यमा जुटेको नेपाली सेना चारआली स्थित श्री श्री नाथ गणमा कार्यरत क्याप्टेन सञ्जिव खत्रीको नेतृत्वमा १२ जना सेनाले दैनिक रुपमा श्रमदान गरिरहेका छन् ।

खिनमायालाई खाट, सिरक, डसना लुगाफाटो प्रदान गर्दै झापा मेचीनगर निवासी लोकेन्द्रमणी मिश्र ।

खिनमायाको नाजुक अवस्थाको बारेमा आमसंचार डटकमले समाचार प्रकाशन गरेपछि स्थानिय र विभिन्न स्थानमा मनकारी सहयोगी दाताहरुको सहयोगका हातहरु अघी सरेका थिए । एक पछि अर्कोले सहयोग गर्नेक्रम सुरु भएपछि खिनमायाको घर बन्ने कार्यले पूर्णता पाउने भएको हो । समाचार, भिडियो हेरेपछि खिनमायालाई भेटेरै सहयोग गर्ने दाताहरुले घर त बन्यो, खिनमायालाई अब दैनिक गुजरा गर्न सक्ने गरि केही रकम पनि सहयोग गर्नुपर्ने धारणा राख्दै अन्य मनकारी व्यक्तिहरु संग सहयोग रकमका लागि प्रस्थाप राखिदिने काम हुनथाले पछि पाँच, दश हजार रकम सहयोग गर्ने दाताहरु पनि आउन थाल्नु भएको संयोजक लुईटेलले आमसंचारलाई बताए ।

खिनमायाको घर र उनको जीवन यापनको लागि रकम सहयोग गर्न चाहानुहुने दाताहरुले संयोजक ओमप्रकाश लुईटेलको मोवाइल ९८५२६७१५८४ मा सम्र्पक गरेर थप बुझ्न सकिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर