Aamsanchar

झापाकी ११ वर्षीया बालिकाले बच्चा जन्माइन्

Author Image
आइतवार, साउन १७, २०७८

प्रतिकात्मक तस्वीर ।

बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन) ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् ।

झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ ।

प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

अन्नपूर्ण पोस्ट्ले त्यो खबर भनेर २०७० साल जेठ १६ गतेको समाचारलाई पुनः स्थान दिएको छ ।  यो समाचारलाई आमसंचार डटकमले समाजमा यस्तो घटना पुनः हुन नदिन सजगता प्रदान गर्न सक्ने उदेश्य राखेर साभार गरेको हो । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर