अरबौं, करोडौं को ऋण कर्जा लिईर लगानि गरि रोजगार श्रृजना गर्ने बिभिन्न ब्यबसायमा जोडिएका उधोगि ब्यपारिहरुको व्यवसायमा गिद्दे नजर लगाई बिभिन्न राजनेताको नाम जोडि दिने, प्रचार गर्ने धावा बोल्ने काम बिगत लामो समय देखि हुदै आएको छ । बर्तामा अबस्थामा केहि समुह लागि परेको छ। जोखिम के हो व्यवसाय टाट पल्टदा हुने आर्थिक भार, पारिवारिक बिचलनको बारेमा सोचिदिने हो भने देश कहाँ पुग्ने थियो।
उधोगी, ब्यपारीले राजनैतिक क्षेत्रमा प्रबेश गर्न नपाउने हो र ? राजनीति कुनै बर्ग समुहको निजि सम्पति हो र ? किन उधोगि व्यपारिलाई राजनीतिक क्षेत्रमा भागलिदा उपनाम दिने गरिन्छ र रोक्ने प्रयास हुन्छ। देशक आर्थिक मेरुदण्डका आधार सगँ जोडिएका र देशको समग्र अर्थतन्त्रका दरिलो खम्बा भाच्ने प्रयास कुनै न कुनै क्षेत्रबाट भै रहनुले समग्र राष्ट्रको प्रगतिलाई धक्का पुग्ने छ।
कमजोर अर्थतन्त्रलाई बलियो बनाई राष्ट्र निर्माणमा सहयात्रीको रुपमा लिई अगाडी बढ्न सके देशले गुणात्मक रुपामा प्रगति गर्ने छ। उधोगी व्यवसायीहरुको ब्यक्तिगत रुपमा भएका आर्थिक प्रगतिलाई आगामी दिन राष्ट्र निर्माणको लागी लगाउन सक्नु पर्दछ । समग्र राष्ट्रको लागि युवा शक्ति रोजगारि सृजनामा लगाऔं । जुलुस, धर्ना र हड्ताल, आर्थिक उन्नतिको बाधक हो र राष्ट्र निर्माणको बाधक । कुनै समस्याको सामाधान धाक धम्कि र दबाब बाट गरिने परम्पराले न्याय मार्ने काम गर्दछ। व्यक्तिगत स्वार्थ र सस्तो लोकप्रियताका लागी अन्धो पन देखाउनु मुर्खता हो ।
यथार्थ बुझेर जनचाहाना अनुसार कुनै निर्णय गर्न उचित हुनेछ र त्यसले परिणाम राम्रो नै दिनेछ । आर्थिक लगानी गरि हजारौंलाई रोजगारी दिलाई अगाडी बढिरहेका लगानी कर्तालाई हत्तोसायी नबनाऔं । प्रेरणा र हौशला बढाउने काम गरौं, बिगतमा हाम्रा उत्पादन र विश्व बजारमा चर्चा कमाएका उधोग कलकारखाना कवाडी भएर थन्केका तितो यथार्थ र तिनका खण्डहर हामि सामु हाल सम्म जिबित छदैछन । यो ईतिहास बाट हामीले पाठ सिक्ने हो कि ? बर्तमान अबस्था कोरोनाको महामारिले थिलथिलो अर्थतन्त्रलाई चलयमान बनाई पुरानै अबस्थामा पुर्याउनु हामी बिच चुनौती छदै छ। लकडाउन समस्याको सामाधान होईन बाध्यता हो। बाध्यता लामो समय रहिरहे घातक हुन सक्छ। जतिसक्दो चाडो खोप लगाई सबैको दैनिकी कार्यक्षेत्र चलायमान गर्ने तर्फ हामि सबै मिलेर लाग्नुको बिकल्प छैन।
लामो समय बन्दका कारण उधोग र ब्यपारमा भएको ठुलो क्षतिको लेखाजोखाको कुनै बिबरण नै छैन ।दैनिक बस्तु उत्पादन गर्ने किसानको कथाब्यथा बेग्लै छ । सबै क्षेत्रमा निक्कै ठुलो पिडा थपिएको छ। एका तिर बैंकको ब्याज, कर्मचारी र मजदुरको तलब, कच्चा पदार्थ र तयारी बस्तुहरु बजारमा पुर्याउन नसक्नु बर्षाको समयमा आयतित बस्तु लामो समय मालबाहक गाडी अनलोड हुन नसकी पानीले भिज्ने ओसिने र कुहिने समस्या छदैछन। घर भाडा ,कर, ट्याक्स जस्ता बोझ थपिने र डण्ड जरिवाना लिने ब्यपारिलाई पुर्जी काट्ने जस्ता अव्यहारिककार्य कतिदिन सहने व्यवसायीले, यस्तो अबस्था हुनु भनेको व्यवसायी माथिको निन्दनिय कार्य र घोर अपमान हो। यस्ता कार्यहरु हुनु हुदैन । त्यसैले आगामी दिनमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले व्यवसायिहरुको समस्यालाई संबोधन गरि क्षेत्रगत समस्याको पहिचान गरि राहत कार्यक्रम ल्याउन जररी छ । ।
लेखक बिमली चेम्बर अफ कमर्स झापाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्स केन्द्रिय कार्यकारिणी सदस्य हुँन ।