Aamsanchar

नेपाल वायु सेवाको काम, चिनियाँ जहाजको घाटा अकासिँदो

Author Image
आइतवार, भदौ १३, २०७८

काठमाडौँ । नेपाल वायु सेवा निगमलाई आन्तरिक उडानमा अब्बल बनाउने उद्देश्य राखेर सात वर्षअघि चीनबाट ल्याइएका ६ चिनियाँ जहाज नउडाउने निश्चय गरेर थन्क्याइएको छ । ६ वर्षमा दुई अर्ब ४८ करोड सञ्चालन घाटा भएपछि गत वर्षदेखि जहाज ‘ग्राउन्डेड’ गरिएको हो । तर, प्रशासनिक, बिमा खर्च र ऋणको बोझ बढेको बढ्यै छ ।

त्रिभुवन विमानस्थलमा गत वर्ष साउनदेखि थन्क्याइएका चिनियाँ जहाज । सात वर्षअघि ल्याइएका यी जहाज पूर्ण क्षमतामा कहिल्यै उडेनन् । तस्बिर स् अंगद ढकालरकान्तिपुर
चीन सरकारले दुई अर्ब ९४ करोड ३० लाखमा दुई जहाज अनुदान दिएको थियो भने थप चार जहाज ल्याउँदा भन्सारसहित चार अर्ब ३० करोड लगानी भएको थियो । यी ६ जहाज सञ्चालन गर्दा २०७७ असारसम्म दुई अर्ब ४८ करोड घाटा भएको थियो । सबै जहाज ‘ग्राउन्डेड’ भएपछि एक वर्षमा बिमाको रकम १२ करोड थपिएको छ । यसरी सात वर्षमा नौ अर्ब ८४ करोड खर्च गरिएका जहाज अब सञ्चालन गर्न नसक्ने गरी थन्किएका छन् । जब कि, योभन्दा एक अर्ब कम अर्थात् आठ अर्ब ८७ करोडमा निगमले दुई न्यारोबडी एयरबस किनेको थियो ।

  • ६ चिनियाँ जहाजमा अनुदान,

  • लगानी र भन्सारसहित ७ अर्ब २४ करोड

  • सञ्चालन घाटा २ अर्ब ६० करोड गरी ९ अर्ब ८४ करोड

  •  ८ अर्ब ८७ करोडमा २ न्यारोबडी एयरबस किनिएको हो

निगमले नउड्ने जहाजमा गरेको यो लगानीबाट बुद्ध एयरले ल्याउन लागेको जस्तै ७२ सिट क्षमताका १७ वटा सेकेन्ड ह्यान्ड एटीआर विमान किन्न पुग्छ । बुद्धले फ्रेन्च–इटालियन एटीआर कम्पनीबाट १२ वर्ष उडेको एटीआर जहाज ५५ करोड रुपैयाँमा किन्न सम्झौता गरेको छ । जुन तिहारलगत्तै काठमाडौं आइपुग्दै छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार अबको तीन वर्ष एटीआर–५०० सिरिजका सेकेन्ड ह्यान्ड जहाज विश्व बजारमा ५५ करोड रुपैयाँ हाराहारीमा उपलब्ध हुनेछन् ।

२०७१ वैशाखपछि पटक–पटक गरी चार वर्ष लगाएर ल्याइएकामध्ये एउटा जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेर काम नलाग्ने भइसकेको छ भने अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका पाँच जहाजमा घामपानीले खिया लाग्दै छ । २०७१ असारदेखि आन्तरिक रुटमा उड्न थालेका चिनियाँ जहाज २०७७ साउन १५ सम्म सञ्चालनमा रहे पनि पूर्ण क्षमतामा कहिल्यै पनि उडेनन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको रिमोट–पार्किङ–वेमा चिनियाँ जहाज ग्राउन्डेड गरिएको १३ महिना बित्यो । निगमले सञ्चालन गर्दा व्यहोरेको घाटा देखाउँदै २०७७ साउन १५ देखि जहाज उडाएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 410

प्रतिक्रिया (०)

सम्बन्धित खबर