Aamsanchar

फलोअप :  प्रकाश शर्माको एउटा अप्रेशन सम्पन्न, १६ लाख माथी सहयोग जुटिसक्यो

Author Image
शुक्रवार, असोज १, २०७८

बिर्तामोड । समुदायको आर्थिक सहयोगमा झापा बिर्तामोेड–२ चारपानेका ३२ बर्षे प्रकाश शर्माको पहिलो चरणको अप्रेशन भएको छ ।

१५ दिन अगाडी बिएण्डसी अस्पतालमा भर्ना भएका शर्माको एउटा खुट्काको तिघ्राको हड्डी फेर्ने काम भएको हो । दोस्रो तिघ्राको हड्डी फेर्नेकाम पहिलो अप्रेशनको घाउँ निको भएपछि १० दिन पछाडी गरिने अस्पताल श्रोतले जनाएको छ ।

बिएण्डसी अस्पतालका डाक्टर निराजन पराजुली लगायतको चिकित्सक टोलीले  पहिलो चरणको अप्रेशन सफलता पुर्वक सम्पन्न गरेको अभियानका संयोजक डिल्लीराम सिटौलाले जानकारी दिए ।

अति विपन्न परिवारका प्रकाशको उपचारमा विएण्डसी अस्पतालले पनि सहुलियत गरिदिएको छ । उपचारमा लाग्ने स्टिलको हड्डी लगायतका स्वास्थ्य सामग्री अभियानले खरिद गरिदिनु पर्ने, बाँकी बेड ,अप्रेशन डाक्टर खर्चहरु अस्पतालले छुट गरिदिने प्रतिवद्धता अस्पतलाका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले गरेको अभियानका सदस्य अर्जुन मैनालीले बताए ।

वाथ रोगका कारण हड्डी मक्किएर हिडडुल गर्न नसक्ने भएर विगत तिन बर्ष देखि घरको ओछ्यानमा थला परेका शर्माको उपचारकोलागि देश विदेशबाट सहयोग जुटी रहेको छ । पछिल्लो दिनमा ठुलो रकम सहारा साकोस कर्मचारी परिवारबाट १ लाख र प्रकाशका आफन्तजनहरुबाट १ लाख १ हजार सहयोग जुटेको छ ।

अभियानको प्रारम्भमा करिव १५ लाख खर्च लाग्ने अनुमान अभियान समितिले गरेको थियो भने हाल सम्ममा प्रकाशको उपचारकोलागि विभिन्न दाताहरुको सहयोग एकमुस्ट गर्दा १६ लाख भन्दा माथी भई सकेको अभियानका सदस्य किरण पौडेलले आमसंचारलाई बताए ।

प्रकाशको अप्रेशन सम्पन्न भएपछि पनि १ बर्ष भन्दा धेरै समय काम गर्न नसक्ने हुनाले सो अवधी सम्म प्रकाशको घर खर्च चलाउन पुग्ने गरिको रकम जम्मा गराउन अभियनले दाताहरु समक्ष सहयोगको अपील गरिरहेको छ । प्रकाशको उपचार र एकदुई बर्ष सम्म जिविकोपार्जको लागि श्रोत जुटाउन अभियनले निरन्तर सहजीकरण गर्दै आएको छ । चारपानेमा रहेको बालकल्याण आवशिय अंग्रेजी माध्यमिक बिद्यालयले प्रकाशका कान्छा छोरालाई कक्षा १ देखि ५ सम्म निशुल्क पठाईदिने विद्यालयका प्रधानाध्याक नवराज सिटौलाले घोषणा गरेका छन् ।

गत साउन २२ गते आमसंचार डटकमले झापाका ३२ बर्षे प्रकाशलाई औषधि नै बिष बनेपछि तिन बर्ष देखि ओछ्यानमा शिर्षकमा समाचार प्रकाशन गरेपछि समुदायबाट प्रकाश बचाउ अभियान सुरु भएको थियो ।

तलका समाचार लिंकहरु पनि पढनुहोस् ।

झापाका ३२ बर्षे प्रकाशलाई औषधी नै बिष बनेपछि ३ बर्ष देखि ओछ्यानमा

समाचार प्रभाव : ‘प्रकाश बचाउँ अभियान’ समिति गठन

प्रकाशको जीवन बचाउन धन र मन भएकाहरुबाट सहयोग जुट्दै

फलोअप :‘प्रकाश बचाउ अभियान’ मा २५० जनाले गरे सहयोग, ७ लाख ५० हजार जम्मा (दाताको नामावली सहित)

फलोअप : प्रकाशको उपचार प्रक्रिया सुरु

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 423

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
राम्रो र मिठो सेलरोटी कसरी बनाउने ?
शुक्रवार, कार्तिक १६, २०८१