गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भित्र्याउँदै गरेको धानबालीमा क्षति भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको हो ।
मन्त्रालय प्रवक्ता प्रकाशकुमार सन्जेलले बेमौसमी वर्षाले कारण सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा क्षति भएको बताए । उनले २ लाख ८५ हजार ५ सय ९ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा असर पुगेको बताए ।
प्रवक्ता सन्जेलले सबैभन्दा धेरै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भित्र्याउँदै गरेको धानबालीमा बाढी क्षति भएको बताए । उनले सातवटा प्रदेश गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको धानबालीमा भएको क्षति मध्यमा लुम्बिनी प्रदेशमा मात्र ४ अर्ब ५१ करोड र सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड मूल्य बराबरको धानमा क्षति भएको बताए ।
कृषि मन्त्रालयका तथ्यांक अनुसार लुम्बिनी प्रदेशका बाँके, रूपन्देही, बर्दिया, कपिलवस्तु गरी ४२ हजार ४ सय २७ हेक्टर क्षेत्रफलमा पाकेको धानबालीमा क्षति पुगेको छ भने ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा असर पुगेको छ ।
यसैगरी, सुदूरपश्चिमा प्रदेशको कैलाली र कञ्चपुरका दुई जिल्लामा धानबालीमा बाढीले क्षति गरेको । कैलाली र कञ्चनपुरमा गरी १८ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपेको धानबालीमा क्षति भएको छ भने ५५ हजार हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा बाढीले असर गरेको छ ।
कृषि मन्त्रालयका तथ्यांकअनुसार बेमौसमी वर्षाले सबैभन्दा कम बागमती प्रदेशको धानबालीमा क्षति भएको छ । राजधानी दैनिकमा कौशिला कुँवरले खबर लेखेकी छन् ।