चारपाने । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ चैतुबारीमा रहेको श्री पञ्चरत्न माध्यमिक विद्यालयलाई नमुना विद्यालयमा रुपान्तण गराउन विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरु अझ शसक्त रुपमा लागि पर्ने भएका छन् ।
भौतिक संरचना लगभग पुरा भएको पञ्चरत्नलाई समय अनुकुलको शिक्षा र सुविधायुक्त बनाउन सरोकार पक्षहरुले चासो देखाएका हुन् । केही दिन अघि विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा स्थानिय वडाध्यक्ष नगेन्द्र संग्रौलाले केही नियमहरुलाई कडाईकासाथ लागु गर्न र गराउन विद्यालयका शिक्षकहरुलाई निर्देशन दिएका छन् ।
अध्यक्ष संग्रौलाले विद्यालय समयमा नआउने विद्यार्थी शिक्षकलार्ई विद्यालय प्रवेशमा निषेध, स्कुल पोषाक अनिवार्य, कपाल पाल्ने र कुण्डल लगाउने विद्यार्थीलाई कार्वाही, निजी विद्यालय पठाउदा आफ्नो छोरा छेरीलाई जसरी सफा बनाएर पठाईन्छ त्यसैगरी अभिभावकले विद्यार्थी पठाउनु पर्ने जस्ता नियमहरु लानु गर्न निर्देशन दिएका थिए । त्यसैगरी अब विद्यालय सुधारका लागि स्काउट गठन, संगित कक्षा, नृत्य प्रशिक्षण, रेडक्रस समूह, बालक्लव गठन, खेल मैदान व्यवस्थापन जस्ता काम हरु यसै शैक्षिक सत्र भित्र (चैत्र) महिना सम्म पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विगतका बर्षमा चैतुबारीको पञ्चरत्न बाटोको कारण दुर्घम झै रहेको थियो । यतीवेला चारपाने–राजगढ पक्की सडक बनेपछि पञ्चरत्न माध्यमिक विद्यालय सुगम क्षेत्रमा परिणत भएको छ ।
विद्यालयमा चारवटा सुविधा सम्पन्न पक्की भवन रहेको छ । खेल मैदानको घेराबारा भने हुन बाँकी रहेको छ ।
विर्तामोड सहरबाट २ किलो मिटर पस्चिम चारपानेबाट करिव ५ किलो मिटर दक्षिणमा रहेको श्री पञ्चरत्न माध्यमिक विद्यालय समाजसेवी, शिक्षाप्रेमी, अभिभावक, वुद्धिजीवी एवम् श्रमजीवी जनसमुदायको सक्रियतामा वि.सं. २०१६ सालमा स्थापित भई २०२४ सालमा स्वीकृत भई विद्यालयले विगत ५० वर्षदेखि स्थानिय बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ ।
पञ्चरत्न माध्यमिक विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ, सेवा क्षेत्र निर्धारण गर्दा आधारभूत तह र माध्यमिक तह गरी भिन्दाभिन्दै रुपमा गरिएको छ । आधारभूत तह (कक्षा १–८) को सेवाक्षेत्र अन्तर्गत पूर्वमा विर्तामोड न.पा.वार्ड नं. १० स्थित कुमाल गाउँ पश्चिममा विर्तामोड न.पा. २, कनकाई न.पा. वडा नं. ९ को सिमाना रहेको घाग्रा खोला, उत्तरमा गोकुल जोशी मार्ग र दक्षिणमा बाह्रदशी गा.पा. बडा नं. ६ स्थित महारानी चोक रहेको छ । यसैगरी माध्यमिक (कक्षा ९–१०) तहको सेवाक्षेत्र दक्षिण बाहेक आधारभूत तहको सेवा क्षेत्रसंग समान रहेको छ । दक्षिण तर्फ भने यस तहको सेवाक्षेत्र भने बाह्रदशी गा.पा. ५ स्थित कटहरडाँगीसम्म फैलिएको छ ।
पञ्चरत्नमा हाल सम्म तयार भएको भौतिक संरचनाहरु
१. पक्की भवन ४ ओटा २ तले १४ कोठाहरु निर्माण ।
२. पक्की भवन १, १ तले १ कोठा ।
३. नयाँ निर्माण भएको सरस्वती मन्दिर ।
४. विद्यालयका १५ ओटा कोठाहरुमा विद्युत वाइरिङ र पङ्खा जडान २÷२ थना ।
५. आधुनिक पुस्तकालय व्यवस्थापन ।
६. विज्ञान प्रयोगशालाको व्यवस्था ।
७. आकर्षक क्ष्ऋत् बिद र कम्प्युटरको व्यवस्था ।
८. विद्यालयका नेट जडान ।
९. सबै १५ ओटा कोठाहरुमा सि.सि क्यामेरा जडान ।
१०. विद्यालय हाताभित्र फुलबारी व्यवस्थापन ।
११. बालविकासका २ ओटा कोठाहरुमा पार्केटिङ सहित बाल सामग्रीको व्यवस्था ।
१२. विद्यालयको भित्र हाता भित्र पक्की घेराबारा ।
१३. ४ओटा शौचालय छात्र छात्रा छुट्टा छुटै , शिक्षक कर्मचारी र बाल विकासका लागि पक्की टाली
सहितको शौचालय निर्माण ।
१४. पुरानो पक्की भवनलाई रेक्टो फिटिङ गरी मजवुत बनाईएको ।
१५. फिलटर सहितको शुद्ध पिउने पानी ट्याकी सहितको धारा जडान ।
१६. विद्यालय स्थापनाको ५० औं स्वर्ण महोत्सवमा आकर्षक स्वर्ण स्तम्भ निर्माण ।
१७. कार्यक्रम हल निर्माणका लागि फाउन्डेसन निर्माण, विम निर्माण ।
१८. विद्यालयको हाता बाहिर बजार भवनका ६ ओटा साथै अन्य टहरा निर्माण ।
१९. विद्यालय हाता भित्र मोटरसाइकल स्टेन निर्माण ।
नमुना विद्यालय व्यवस्थापन निर्देशिका तलको लिंकमा छ ।
https://www.doe.gov.np/assets/uploads/files/0a564c44edcfb3e57dddea99fd5ba796.pdf