Aamsanchar

अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी

Author Image
शुक्रवार, जेठ २०, २०७९

स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ।

‘नेपालमा खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन गरी एक खर्बको मात्र रहेकोले वैधानिक आपूर्ति ५ खर्ब न्यूनीकरण भएको देखिन्छ,ु संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘भारतसँगको खुला सिमानाले गर्दा सीमावर्ती बजारमा नेपाली उपभोक्ताको सहज पहुँचले ठूलो परिमाणमा कपडा आउने गरेको छ भने चोरी पैठारी तथा न्यून बिजकीकरणका कारण पाँच खर्वको कपडा आयातको कुनै हिसाब नै छैन।’ संघका अनुसार मुलुकभित्र सञ्चालित उद्योगबाट उत्पादित र भन्सार नाकाबाट आधिकारिक रूपमा आयात भएको कपडाको हिस्सा १५ प्रतिशत रहेको छ भने बाँकी ८५ प्रतिशत कपडा सीमावर्ती भारतीय बजारबाट अनधिकृत रूपमा भित्रिरहेको छ।

आजको कारोबार दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 469

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१